घोडाघोडी नगरपालिकामा कृतिम गर्भधारण संख्यामा वृद्धी
२०७५ माघ २१ गते

माघ २१, सुखड । पछिल्लो समय कैलाली घोडाघोडी नगरपालिकामा कृतिम गर्भधारण गर्नेहरुको संख्यामा बृद्धि भएको घोडाघोडी नगरपालिका पुश साखाका प्राबिधिक छत्रा न्युरेले बताएका छन् ।
पशु शाखा केन्द्र बाट यो वर्षको हाल सम्म २५० जना जति किसानले गाई भैसीमा कृतिम गर्भधारण सेवा लिएको उनको भनाई छ । कर्मचारीहरुको अभावले गर्दा किसानहरुलाई जति सेवा दिनु पर्ने हो त्यती सेवा दिन नसकेको पनि उनले बताए ।
गाई भैसीमा कृतिम गर्भधारण गर्दा दुधमा पनि वृद्धी हुने गरेको घोडाघोडी नगरपालिका पशु शाखाका प्राबिधिक छत्रा न्युरेले बताए ।
null
२०७५ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








