वरिष्ठ साहित्यकार एवं भाषाविज्ञ पोखरेलको निधन

फागुन १२, विराटनगर । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । 

मस्तिकघातबाट पीडित प्राध्यापक पोखरेलको आइतबार बिहान १ बजे विराटनगर– ८ कलेज रोडस्थित आफ्नै निवासमा मृत्यु भएको हो । उनको आजै स्थानीय परोपकार घाटमा दाहसंस्कार गरिने बताइएको छ । 

मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । 

null

स्व. बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित छन् भने खस जातिको इतिहास, १०० वर्ष र नेपाली वृहत् शव्दकोष आदि उनका चर्चित कृतिहरु हुन् । 

स्व पोखरेल कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी विसं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न थिए । विसं २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गर्नु भएका पोखरेलले विसं २०४६ मा अवकाश लिएका थिए । 

उनी विसं २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएका थिए । पोखरेल विभिन्न भाषिक तथा साहित्यिक संस्थामा आबद्ध थिए । 

उनको एक छोरा र दुई छोरी रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *