चिकित्सकको लापरबाहीले शिशुको ज्यान गयो, परिवारले शव बुझ्न मानेनन्

चितवन, १३ फागुन । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु हुने क्रम अझै रोकिएको छैन । मेडिकल सिटीको रूपमा अवधारणा बोकेको चितवनमा पछिल्लोपटक उपचारका लागी आउने बिरामी बाँच्ने हो की मर्ने हो त्यस्को कुनै लेखाजोखा छैन । उपचारका लागी आउने बिरामी र आफन्त डाक्टरको भन्दा भगवान भरोसाको भरमा बस्नु बाहेक अरु कुनै बिकल्प छैन । 

चितवनको भरतपुर अस्पतालमा शिशु जन्मे लगत्तै मृत्यु भएपछि अस्पतालको लापरवाही पुनः छताछुल्ल भएको हो । गएको बिहीबार पेट दुखेपछि भरतपुर अस्पतालमा उपचारका लागी आएकी भरतपुर महानगरपालिका वर्डा नम्बर १३ चम्पानगरकी सरिता ओझाले चिकित्सकको लापरवाहीका कारण नवजात शिशुलाई गुमाएकी छिन् । 

 

null

शिशुलाई गुमाए लगत्तै आक्रोशित भएका मृतकका आफन्तहरूले अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारणले बच्चाको मृत्यु भएको आरोप लगाए । परिवारले सामान्य अवस्थामा रहेकी ओझालाई भ्याकुम लगाएर बच्चा निकाल्न खोज्दा बच्चाको मृत्यु भएको आरोप लगाएका छन् । 

पिडित परिवारकी बिमला ओझाका अनुसार ‘बच्चा सुरक्षित जन्मिन्छ बच्चालाई कपडा किनेर ल्याउनुस्’ भनेर स्वास्थ्यकर्मीले भनेकोमा पछि एक्कासी चिकित्सकले ‘बच्चाको मृत्यु भयो’ भने । ‘सुरुमा सबै नर्मल छ भन्ने अस्पतालले बच्चा जन्मिएपछि मरेको भन्यो, तर, के कारण बच्चाको मृत्यू भएको स्पष्ट खुलाएनन् ।’ उनले भनिन् । यस विचमा स्वास्थ्यकर्मीहरुले अस्पतालका विभिन्न कागजमा हस्ताक्षर गर्न लगाएको र आफुहरुमाथि अभद्र व्यवहार गरेको आरोप समेत ओझाले लगाईन् । यता, चिकित्सकले भने शिशुको मृत्यु हुनुमा अस्पतालको कुनै लापरबाही नभएको भन्दै आएको छ । 

यता, आईतबार र सोमबार स्थानीय प्रशासन, चिकित्सक र पीडित पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि कुनै सहमति हुन सकेको छैन । बच्चाको शव अस्पतालमा नै राखिएको छ । पडित पक्षले विरामीका परिवारलाई अभद्र व्यवहार गर्ने स्वास्थ्यकर्मीले माफी माग्नुपर्ने र अस्पतालले परिवारजनलाई उचित क्षतिपूर्ति नदिएसम्म बच्चाको शव नबुझ्ने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *