संसदको शून्य समय, कसले कुन विषय उठाए ?

 

फागुन १४, काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न सार्वजनिक समस्याका विषय तथा हालसालै भएका दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबारको संसद बैठकमा सांसदहरुले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने तथा ललितपुरको नख्खुमा बम विस्फोट गराउनेलाई कारवाही गर्न माग गरेका छन् । 

null

सांसद यशोदा गुरुङले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम भएको बम विस्फोटमा संलग्नलाई तत्काल कारवाही गरी बम विस्फोटमा ज्यान गुमाएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र घाइते भएका दुई जनाको उपचारमा सहुलियत उपलब्ध गराउन माग गरिन् । 

यस्तै सांसद यज्ञराज सुनुवारले बारामा जिप दुर्घटनामा परी निधन भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र एसपी बलराम पोखरेलको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । 

सांसद यज्ञबहादुर बोगटीले आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी पाएको भारतीय कम्पनी जिएमआरले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै स्वदेशी लगानीमै काम सम्पन्न गर्न आग्रह गरे । 

सांसद मायादेवी न्यौपानेले केन्द्रिय कारगारमा रहेका कैदी बन्दीहरुले बुनेका लाखौं रुपैयाँ पर्ने कपडा अलपत्र अवस्थामा रहेकोे उल्लेख गर्दै त्यसलाई विक्रीवितरण गर्ने व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराइन् । 

सांसदहरुले कृषिमा दिने अनुदान वृद्धि गर्न, कर्णाली प्रदेशको सडक पूर्वाधारमा पहिलो प्राथमिकता दिन, शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग गरेका छन् । 

मंगलबारको शुन्य समयमा १० जना सांसदहरुले आ–आफ्नो विचार राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *