अख्तियारले थाल्यो आयुक्त पाठकमाथि अनुसन्धान

 

फागुन ७, काठमाडौँ । ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गर्ने भएको छ । 

घुस लिएको घटना बाहिरिएपछि राजीनामा दिएका आयुक्ता पाठकविरुद्ध छानविन गर्न अख्तियारले मंगलबार सहसचिवको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली बनाएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाभियोग लगाउने तयारी गरेपछि पाठकले राजीनामा बुझाएका हुन् । 

null

महान्यायाधिवक्ताको कार्यालयले अख्तियारले नै छानबिन गर्न सक्ने राय दिएपछि अख्तियारले उनीमाथि छानविन गर्ने भएको हाे । 

अनुसन्धानकै क्रममा यसअघि आयुक्त पाठकले घुस उठाउन छुट्टै कर्मचारी राखेर अखडा नै खडा गरेको खुलेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरिरहेका बेला अख्तियारका आयुक्तले नै ७८ लाख घुस लिएको बाहिरिएसँगै निजामती प्रशासनका केही व्यक्तिलाई समेत अखडामा राखेर विभिन्न पक्षसँग रकम उठाउने गरेको खुलासा भएको हो । 

आयुक्त पाठकले खडा गरेको अखडामा एक जना नापी विभागमा कार्यरत छन् भने अर्का नापीका पूर्व कर्मचारी हुन् । अर्का व्यक्ति भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । 

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले ७८ लाख घुस लिएको अनुसन्धानमा खुलेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =