संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चद्धारा प्रदेशसभा भवन अगाडी धर्ना

माघ २१, बिराटनगर । प्रदेश नं. १ को हिउदे अधिवेसन सुरु भएसँगै किराँत, लिम्बुवान वा खम्बुवान नाम माग गर्दै संसद भवन अगाडि हिजो आईतबार लोकतान्त्रीक राष्ट्रिय मञ्चले १ घण्टा धर्ना दिएको छ । 

 

संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनको नेतृत्वमा उनीहरुले धर्ना बसेका थिए । संसद भवन अगाडि धर्ना दिएका लिम्बुवान संगठन सम्बद्ध नेताहरुले ३ बजे शुरु भएको अधिवेशन लाई प्रभावित पार्नेगरी धर्ना दिएका थिए । 

null

वाक्लो सुरक्षा व्यवस्थाका बीच प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन भएको थियो । कार्यक्रममा सुनसरी , झापा र मोरङका बिभिन्न स्थानबाट बाक्लो संख्यामा सो पर्टीका कार्यकर्ताको उपस्थिती रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =