उपचारमा लापरबाही गरी ज्यान लिने मनकामना अस्पतालको काइदाः पाँच लाखमा घट्ना सामसुम

चितवन, माघ २६ । बिहीबार भरतपुरस्थित मनकामना अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ८ शरदपुर बस्ने ४४ वर्षिय कृष्ण भुषालले उपचारका क्रममा ज्यान गुमाए ।
उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा गम्भीर लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी मात्रै गरेनन् कि आक्रोशित केही युवाले अस्पताल परिसर नै तोडफोड गरे ।
तोडफोडबाट अस्पतालले झन्डै एक लाख रुपैयाँको क्षति ब्यहोर्नु परेको दाबी गरेपनि एकाएक तोडफोडको घटना विर्सेर अस्पतालले मृतकका आफन्तलाई उल्टै ५ लाख दिने सहमति गरेको छ । अस्पताल तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले सोही दिन आधा दर्जनभन्दा बढी लाई गिरफ्तार गरेको थियो ।
null
उपचारमा कुनै गल्ती नभएको दाबी गर्दै आएको अस्पताल प्रशासनले एकाएक गल्ती ढाकछोप गर्न मृतकका आफन्तलाई आर्थिक प्रलोभनमा पार्नुले मनकामना अस्पतालमा डाक्टरको लापरवाहीबाट विरामीको ज्यानै जान सक्छ भन्ने चरितार्थ भएको छ ।
स्रोतका अनुसार अस्पतालले आफ्नु कमजोरी भएको स्वीकार गर्दै मृतकका आफन्तलाइ पाँच लाख रुपैयाँ क्षतीपुर्ती दिने निर्णय गरेको छ । चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै कार्वाही हुनुपर्ने माग राखेका मृतकका आफन्त र अस्पताल प्रशासन वीच पैसामा कुरो मिलेपछि बन्द पनि बन्द भएको छ ।
यसअघि आक्रोसित भएका मृतक परिवारले गम्भीर अवस्थाको बिरामीलाई अस्पतालले बेवास्ता गरेको, बिरामीले मुखबाट रगत बान्ता गरी पटकपटक पेट र छाती दुखेको भनेपनि अस्पताले खुट्टाको एक्स–रे मात्रै गरेको आरोप लगाउदै आएका थिए ।
मृतक परिवारले रुखबाट लडेर घाईते भएका कृष्णको समयमा नै उपचार हुन नसक्दा मृत्यु हुन पुगेको बताएका थिए । मृतक भुषालको १ छोरा र २ छोरी छन् ।








