अमेरिकामा गोली हानी ३ बालबालिका सहित एक महिलाकाे हत्या

फागुन ७, शिकागो ।  अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । 

सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेका छन् । 

null

उनीहरुले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन् । गोली हान्नेलाई नछाडीने उनीहरुको भनाई छ । घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *