अस्पतालबाट डिस्चार्ज भए पारस, दौडधूप नगर्न चिकित्सकको सुझाव

माघ १८, काठमाडौँ । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह शुक्रबार डिस्चार्ज भएका छन् । 

अकस्मात छाती दुख्न थालेपछि उनलाई सोमबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरुले उनलाई धेरै दौडधूप नगर्न सुझाव दिएका छन्। 

पारसलाई पहिलेदेखि नै छाती दुख्ने समस्या छ। उनलाई हृदयघात भएको यो तेस्रो पटक हो। यसअघि नै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको थियो। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *