तातो दुधमा परेर बालिकाको मृत्यु

फागुन १२, बिराटनगर । तातो दुधमा परेर घाइते ११ महिने बालिकाको मृत्यु भएको छ । गत फाल्गुन ४ गते तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । 

सुनसरीको ईटहरी उप–महानगरपालिका–१६ का ललन ऋषीदेवकी ११ महिने छोरी अनुऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको उपचारका क्रममा धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *