लागुऔषध र नक्कली छाप सहित दाजुभाईलाइ पक्राउ

फागुन १२, काठमाडाैँ ।  महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । 

गोप्य सूचनाको अधारमा प्रहरीले लागुऔषध कारोवारी भन्ने थाहा पाएपछि मगरको कोठामा छापा मारेको थियो । अभियुक्तहरुको कोठमा खानतलासी गर्ने क्रममा प्रहरीले कोठाबाट १६ थान फेनरागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागुऔषध बरामद गरेको थियो । 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार लागुऔषध कारोवारी रहेको जानकारी आएपछि निजको कोठामा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयका छाप सहित लागुऔषध बरामद गरेको हो । 

null

मगरको कोठाबाट प्रहरीले विभिन्न किसिमका लागुऔषध सहित १८ थान मोबाइल, क्यामेरा एकथान, ल्यापटप एकथान र विभिन्न कार्यालय तथा सङ्घसंस्थाको १८९ वटा नक्कली छापहरु बरामद गरेको चन्दले जानकारी दिए । 

दाई सुजन मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि निजले आफ्नो भाइको काठमाडौँ चुच्चेपाटीस्थित “टावी इन्टरनेशनल कन्सल्टेन्सी” भएको र छापहरु उक्त कन्सल्टेन्सीको रहेको बताएका थिए । उक्त जानकारी पछि बौद्ध प्रहरीले तत्काल उक्त कन्सल्टेन्सीमा छापा मार्दा विभिन्न सरकारी कार्यालयका लेटरप्याड, विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरु फेला पारेको थियो । 

कन्सल्टेन्सीमा छापा मार्दा भेटिएका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको नक्कली कागजात तथा छापहरु बौद्ध प्रहरीले बरामद गरेको छ । प्रहरीले दाजुभाइलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेको छ भने थप अनुसन्धानपछि सरकारी कागजात तथा छाप किर्ते गरेको अभियोगमा पनि मुद्दा चलाउने तयारी भएको जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *