फागुन १ लाई ‘रोजगार दिवस’ का रूपमा मनाउने सरकारकाे निर्णय

 

फागुन ९, काठमाडौँ । सरकारले प्रत्येक वर्षको फागुन १ लाई रोजगार दिवसको रुपमा मनाउने निर्णय गरेको छ । 

फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

null

सरकारले फागुन १ गते स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको थियो । यस कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । 

यस कार्यक्रमअन्र्तगत हरेक नागरिकले दैनिक पाँच सय १७ रुपैयाँ पाउने गरी न्यूनतम सय दिन रोजगारी पाउनेछन् । रोजगारीका लागि बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत हरेक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना हुनेछ । श्रमको विभेद अन्त्य गर्न तथा ५० प्रतिशतभन्दा बढी जनसंख्या श्रम गर्न योग्य रहेको भन्दै सबैलाई काम गर्ने अवसरका रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको बताइएको छ । 

यस्तै सरकारले बेरोजगार युवालाई रोजगारी दिन नसके निर्वाहभत्तासमेत दिने भएको छ । परिवारको कुनै सदस्यले न्यूनतम सय दिनको रोजगारी प्राप्त गर्न नसकेको अवस्था कुल पारि श्रमिकको आधा रकम निर्वाह भत्ता दिने घोषणा गरेको हो । 

परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारको मापदण्डभन्दा थोरै वार्षिक आय भएका परिवार र परिवारको कुनै सदस्य स्वरोजगार नभएको अवस्थामा तथा परिवारका एकजना पनि सदस्य वैदेशिक रोजगारीमा नगएको अवस्थामा सरकारले निर्वाह भत्ता दिने भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *