सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच शैक्षिक कर्जा सम्बन्धी सम्झौता

 

फागुन १४, काठमाडौँ । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडबीच सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने गरी मंगलबार सम्झौता भएको छ । 

सैनिक कल्याणकारी कोष जंगी अड्डाका ताराध्वज पाण्डे र प्रभु बैंकका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले सो सम्झौतापत्रमा हस्ताक्षर गरे । 

null

सम्झौता अनुसार सैनिकजंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्ततीप्राविधिक शिक्षण सहुलियतकर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सकल दर्जाका सैनिकका छोरा–छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक शिक्षा हासिल गर्न प्रभु बैंकले शैक्षिक कर्जा उपलब्ध गराउने छ । 

चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथावन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधाउपलब्ध गराउने प्रभु बैंकले जनाएको छ । 

उक्त शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् रु २५ लाख सम्मको हुने पनि बैंकले जनाएको छ । शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबर महलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थीलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । 

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्पन्न शैक्षिक कर्जा सम्बन्धी सम्झौताले बहालवाला तथा अवकास प्राप्त नेपाल सैनिकका क्षमतावान् एवं जेहेन्दार सन्ततीहरुलाई विभिन्न प्राविधिक विषयहरुमा उच्च शिक्षा हासिल गर्नका लागि आर्थिक सहयोग हुने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *