‘जानी नजानी’ ट्रेलरमा मनिष र निरिशा यस्तो देखिए (ट्रेलर सहित)

फागुन १२, काठमाडौँ । बसन्त अधिकारीद्धारा निर्देशित प्रेमकथामा आधारित नेपाली फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमकको आयोजना गरी निर्माण समूहले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । 

सार्वनिक ट्रेलरमा नायक मनिष श्रेष्ठ र नायिका निरिशा बस्नेतको प्रेम र प्रेममा आएको उचारचढावलाई समावेश गरिएको छ । दर्जनौं फिल्ममा सहयक भएर काम गरेका निर्देशक अधिकारीले  फिल्म ‘जानी नजानी’ उनका ड्रिम प्रोजेट भएको बताएका छन् । 

फिल्ममा सामिप्यराज तिमल्सिनाको लेखन रहेकाे छ । नायक मनिष  र नायिका निरिशा सँगै अन्य कलाकार प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी आदीको अभिनय रहेको छ भने उक्त फिल्मकाे निमार्ण मोदनाथ खनाल र सागर काजी मालीले गरेका हुन फिल्म ‘जानी नजानी’ आामी चैत १ गतेबाट प्रदर्शनमा आउँने तयारी रहेको छ ।  

null

ट्रेलर हेर्नुहाेस् 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *