कामना सेवा विकास बैंकको सिइओमा प्रविण बस्नेत

फागुन १, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् । बैंकको २६५ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार फागुन १ गते देखि लागु हुने गरि बैंककोे प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउन्टेन्ट बस्नेतलाई नियुक्ती गरिएको हो । 

विगत १८ वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय बस्नेत १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ । उनी ०७५ भदौ १ गते देखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए । गत मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व गर्दै आएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एन आई सी एशिया बैंक र माछापुच्छेक बैंकमा कार्यरत थिए ।  

बस्नेत बैंकिङ क्षेत्रमा नियन्त्रण सहितको ब्याापार तीव्र अभिवृद्घि र उत्कृष्ट ग्राहक सेवाको सन्तुलन गर्दै नयाँ उचाईमा पुर्याउनु पर्छ भन्ने मान्यता राख्छन् । 

null

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *