काठमाडौंद्वारा क्वालिफायर्स खेल बहिस्कार, महेन्द्रनगर फाइनलमा प्रवेश

फागुन १०, धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटको क्लालिफायर्स खेल काठमाडौँ गोल्डेन्सले बहिस्कार गरेको छ । 

भारतीय बलर अंकित दवासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौँले महेन्द्रनगर युनाईटेडविरुद्धको शुक्रबारको क्वालिफायर्स खेल बहिस्कार गरेको हो । 

दबासको बलिङ शंकास्पद रहेको पाइएपछि आयोजक डीपीएलले बिहिबार उनलाई प्रतिबन्ध लगाएको थियो । काठमाडौंले बहिस्कार गरेसँगै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरले उपाधिका लागि शनिबार सीवाईसी अत्तरियासँग शनिबार खेल्नेछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =