अष्ट्रियाका विदेशमन्त्री करिन ३ दिनका लागि आज काठमाडौँ आइ पुगिन्

फागुन ९, काठमाडाैँ । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुगिन् । 

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आएकी उनले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेकाे छ । 

null

विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *