नेविसंघका अध्यक्ष महरले दिए राजीनामा

माघ २८, काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।  

अध्यक्ष महर सोमबार पार्टीको केन्द्रिय कार्यालय पुगी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गरेका छन् । 

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए । 

null

अध्यक्ष महरले राजीनामा बुझाएपछि अब तदर्थ समिति गठन हुने र त्यसैबाट महाधिवेशन आयोजक समिति गठन हुने बताइएको छ । तदर्थ समितिले ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *