इंग्लिस प्रिमियर लिग: अन्तरिम प्रशिक्षक नियुक्त पछि लगातार अपराजित युनाइटेड चाैथाे स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुल्ह्याममाथि ३–० गोल अन्तरको जित निकाल्न सफल भएको छ । 

अन्तरिम प्रशिक्षक ओले गुनरलाई नियुक्त गरेपछि लगातार अपराजित यात्रा कायम राखेको युनाइटेडको जितमा पल पोग्बाले दुई तथा एन्थोनी मार्सिएलले एक गोल गरेका थिए । 

पहिलो हाफको १४ औं मिनेटमा पल पाेग्बाले एन्थोनी मार्सिएलको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । सुरुमै एक गोल आएपछि बराबरीका लागि फुल्ह्यामले प्रयास गरे पनि सफल भएन । २२ औं मिनेटमा मार्सिएलले फुलह्यामका डिफेन्डर डेनिसलाई झुक्याउँदै ३० यार्ड टाढाबाट पोस्टमा चार्ज गरेका थिए । 

null

 

पहिलो हाफमै २ गोल गरेको म्यान्यूले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो । 

तेस्रो गोल म्यान्यूले पेनाल्टी मार्फत गरेको हो । ६५ औं मिनेटमा जुवान माटालाई डी बक्समा लडाएपछि म्यान्यूले पाएको पेनाल्टीलाई पोग्वाले गोलमा परिणत गरेका थिए । जितसँगै म्यानचेस्टर युनाइटेड  तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *