नेपालले आज युएईविरुद्ध दोस्रो टी-ट्वान्टी क्रिकेट खेल्दै, सिरिज जोगाउन जित्नै पर्ने दबाब

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीविरुद्ध दोस्रो टी-ट्वान्टी क्रिकेट खेल्दैछ । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले शुक्रबार दोस्रो खेल खेल्न लागेको हो । 

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार २:४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदान उत्रदा नेपाल सिरिज जोगाउने लक्ष्यमा हुनेछ । 

पहिलो खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ खेलको सिरिज १-१ को बराबरी गर्न चाहन्छ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय सिरिजमा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदानछ उत्रने । 

null

नेपालले हालसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा पहिलो पटक ५ खेलको सिरिज खेलेको थियो । 

तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले प राजितभएको थियो । 

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज ३-१ ले गुमाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *