कमल थापाको राप्रपाबाट बाहिरिए डेढ दर्जन नेताहरू, संयुक्त राप्रपामा जाने तयारी

फागुन १२, काठमाडौं । कमल थापाको राप्रपाबाट डेढ दर्जन नेता कार्यकर्ताहरू बाहिरिएका छन् । 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा पूर्वमन्त्री जयन्त चन्दसहित १८ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरि राप्रपा संयुक्तमा प्रवेश गर्ने तयारी गरेका हुन् । राप्रपाले संगठन सुदृढिकरणका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्दै गर्दा चन्दसहित १८ जनाले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । 

पार्टी परित्याग गर्नेहरूमा चन्दसँगै भरत पाठक, भरत गिरि, प्रल्हाल साह, दिनेश श्रेष्ठ गोविन्द खनिया रहेका छन् ।यसैगरी सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन् । 

null

 

                                       पूर्वमन्त्री जयन्त चन्द 

नेता चन्दले पार्टी छाड्नुपर्ने धेरै कारणहरू रहेको र केहि दिनमै सार्वजनिक गर्ने बताएका छन् । बाहिरिएका समुहले तीन वटै राप्रपा (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी) मिलेर एउटै पार्टी बनाउनुपर्ने चर्को दवाव दिएका थिए । 

स्रोतका अनुसार कमल थापाले पछिल्लो समय एकलौटी पार्टी चलाएपछि चन्द पक्षका युवाहरु असन्तुष्ठ थिए । उनीहरुले थापा, पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकीकरणका लागि लचिलो बन्न बारम्बार आग्रह गर्दै आएपछि कमल थापाले अड्केलो थापेका थिए । अधिकांश केन्द्रिय सदस्यको भावना विपरित कमल थापाले पार्टी चलाएपछि उनीहरु रुष्ट छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *