सिटी फेरि लिगको शीर्ष स्थानमा

एजेन्सी । म्यान्चेष्टर सिटी, ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । 

डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन सफल भएको हो । लामो समय शीर्ष स्थान कब्जा गरेको लिभरपुलले लगातार बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा आफुलाई राख्न सफल भयो । 

शीर्ष स्थानको सिटीको ६२ अंक छ । दोस्रो स्थानको लिभरपुलसंग समान अंक भएपनि गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लिएको हो । 

null

डेबिड सिल्भाको पासलाई सदुपयोग गर्दै डिफेन्डर आयमेरिक लापोर्टेले पहिलो हाफको अन्तिम समयमा सिटीलाई सुरुवाती अग्रता दिलाए । ग्याब्रियल जिससले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै सिटीको जित सुनिश्चित गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *