बिराटनगरलाई १ नंं. प्रदेशको मेडिकल हबका रुपमा विकास गर्नेः मुख्यमन्त्री

विराटनगर, ३ फागुन । हाडजोर्नी बिशेषज्ञहरुको २४ औं अर्थोकोन सम्मेलन बिराटनगरमा सम्पन्न भएको छ । नेपाल अर्थोपेडिक एशोसिएसनले दुई दिने सम्मेलन आयोजना गरेको हो । 

नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले सम्मेलन उद्घाटन गर्दै चिकित्सकहरुवीच अनुभव आदानप्रदानमा अर्थोकोन फलदायी हुँने विश्वास व्यक्त गरे । मेडिकल क्षेत्रमा बिराटनगर अग्रपङ्तिमा रहेको भन्दै उनले बिराटनगरलाई प्रदेश सरकारले मेडिकल हबको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाए । 

 

null

कार्यक्रममा अर्थोपेडिक एशोसिएसनका अध्यक्ष प्रा.डा.बुलन्द थापा, महासचिव प्रा.डा.बिमल कुमार पाण्डे, आयोजक समिति अध्यक्ष प्रा.डा.नबिन कुमार कर्ण लगायतले मन्तब्य राखेका थिए । सम्मेलनकै अवसरमा नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई सम्मानपत्र प्रदान गरिएको छ । 

 

सम्मेलनमा देशभरका २ सय ५० भन्दा बढी हाडजोर्नी बिशेषज्ञहरु सहभागी थिए । यसैवीच सम्मेलनले प्रा.डा.रोहित कुमार पोख्रेलको अध्यक्षतामा नेपाल अर्थोपेडिक एशोसिएसनको नयाँ नेतृत्व चयन गरेको सम्मेलनमा सहभागि नोबेल अर्थो बिभागका बिशेषज्ञ डा.प्रकाश सिटौलाले जानकारी दिए । 

हेर्नुहाेस भिडियाे 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *