वरिष्ठ न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
मकालु खबर
२०७५ फागुन ७ गते
फागुन ७, काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले मंगलबार पदबाट राजीनामा दिएका छन्। ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत् जोशीले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन्।
null
शैक्षिक योग्यतामा प्रश्न उठेपछि प्रधानन्यायाधीशका लागि सिफारिसमा परेपनि संसदीय सुनुवाइ समितिले उनलाई अस्वीकृत गरेको थियो । चोलेन्द्र शमशेर जबरा प्रधानन्याधीशमा नियुक्त भएपछि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।
जिम्मेवारीविहिन भएपछि उनी बिदामा बसेका थिए । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीश समेत बनेका थिए ।
मकालु खबर
२०७५ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित