सानिमाको शाखा कान्तिपथ र गठ्ठाघरमा

माघ २३, काठमाडौँ । सानिमा बैंक लिमिटेडले आज काठमाण्डौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६ औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । 

 

उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भयो । समुद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष  विनय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । 

null

त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै कान्तिपथ र गठ्ठाघर शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । 

समुद्घाटन समारोहमा मह जोडीले कान्तिपथ र गठ्ठाघरमा सानिमा बैंक संचालनमा आएकोमा कान्तिपथ र गठ्ठाघरवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *