सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सको लज्जास्पद हार

काठमाडौं। अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा नेपाली युवा बलर सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सले लज्जास्पद हार बेहोरेको छ। मेलवर्नलाई शुक्रबार भएको खेलमा ब्रिसबेन हिटले १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। 

मेलवर्नले दिएको १ सय ५७ रनको लक्ष्य ब्रिसबेनले विकेट नगुमाइ १० ओभरमै पार गर्यो। ब्रिसबेनका लागि म्याक्स ब्रयान्टले नटआउट ७१ रन र बेन कटिङले नटआउट ८१ रन जोडे। म्याक्सले ३० बलमा ६ चौका र ५ छक्का र कटिङले ३० बलमा ४ चौका र ८ छक्का हिर्काए।  

२ ओभर बलिङ गरेका मेलवर्नका सन्दीपले २८ रन खर्चिए भने विकेट लिन सकेनन्। उनले ३ छक्का बेहेरेका थिए। आठौं ओभरको चौथो बलमा सन्दीपको बलमा म्याक्स ड्रप भएका थिए। मेलवर्नका गोचले क्याच छुटाएका थिए। 

null

सुरुवाती चार खेल खेलेर फर्किएका सन्दीपले आफ्नो पाँचौ खेलमा भने विकेट लिन सकेनन्। उनले यसअघि लगातार चार खेलमा विकेट लिएका थिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलवर्नले ८ विकेटको क्षतिमा १ सय ५६ रन जोड्यो। उसका लागि मार्कोस स्टोइनिसले ८१ रन जोडेका थिए।  

अब मेलवर्नलाई सेमिफाइनल पुग्न अन्तिम खेलमा सिड्नी सिक्सरलाई पराजित गर्नै पर्ने भएको छ। हारसँगै मेलवर्न अंक तालिकाको पाँचौ स्थानमा झरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *