महाशिवरात्रिमा पशुपतिनाथका चारै ढोका खुला हुने

काठमाडौँ। महाशिवरात्रि पर्वमा पशुपतिनाथको चारै ढोका चारै प्रहर खुला गर्ने निर्णय गरिको छ ।  

नित्य दर्शनार्थीका लागि विहान ३ बजे नै मन्दिर प्रवेश पाउने व्यवस्था गरिने छ भने अन्य भक्तजनका लागि छुट्टै मन्दिर प्रवेश पासको व्यवस्था नगर्ने निर्णय पनि गरिएको छ । सञ्चारकर्मीले आफ्नै संस्थाको परिचयपत्रबाट पशुपति क्षेत्र प्रवेश गर्न सक्नेछन् । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार कोषले डा मिलनकुमार थापा, भगवतीप्रसाद देव, राजुकुमार खत्री, भरत मरासिनी, राजुकुमार रेग्मी, भोला सिटौला र प्रेमहरि ढुंगानाको संयोजकत्वमा विभिन्न सेवाप्रदायक समिति गठन गरेको छ ।  

पर्वका लागि झण्डै तीन करोड रुपियाँको हाराहारीमा सौन्दर्य, खानाखाजा खर्च, आवास भोजन, साधुसन्तको स्वागत तथा विदाइ, भक्तिसङ्गीत प्रस्तुति लगायतका लागि खर्च विनियोजन गरिएको छ । 

null

उपनिर्देशक ढुङ्गानाका अनुसार सुरक्षा व्यवस्थाका लागि सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *