नेपाली क्रिकेटरलाई बधाई दिँदै प्रचण्डले भने, ‘देशको इज्जत बढ्यो’
२०७५ माघ २२ गते

माघ २२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको गौरव, सम्मान र इज्जत बढाएको भन्दै नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज जितेर ऐतिहासिक सफलता हासिल गरी फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डले खुमलटारस्थित आफ्नै निवासमा बोलाएर बधाई तथा शुभकामना दिएका हुन् ।
खेल क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको बताए ।
null
उनले चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।
२०७५ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








