गायक पशुपति शर्मालाई गीत हटाउन कसले दियो दवाव ?, युट्युवबाट हट्यो ‘लुट्न सके लुट कान्छा’

फागुन ४, काठमाडौं । लोक गायक पशुपति शर्माले हिजो सार्वजनिक भएको नयाँ गीत ‘लुट्न सके लुट कान्छा’ गीत युट्युवबाट हटाएका छन् । 

विद्यमान समाजमा देखिएको भ्रष्टाचार र विक्रिति विसंगतिलाई ब्यंग्यात्मक शब्दद्वारा प्रहार गरेका पशुपति शर्माका ती शब्द प्रति चौतर्फि विरोध उठेपछि उनले चाँडै शब्द परिवर्तन गर्ने बताउँदै उक्त गीत युट्युवबाट हटाएका हुन् । 

हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले उक्त शब्दहरु परिमार्जन गर्ने गायक शर्माले बताएका छन् । 

null

 

राजनीतिक विक्रितिलाई गीत मार्फत कडा प्रहार गरेका पशुपति शर्माको गीतमा राष्ट्रपतिलाई समेत मुछेपछि राजनीतिक विरोध भएको बुझिएको छ । गीतमा उनले वाइडवडी देखि सुन काण्डसम्मलाई प्रहार गरेका छन् । गीतमा राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर चढ्ने गरेको बताइएको छ । 

स्रोतका अनुसार शर्माले राष्ट्रपतिलाई नै ताकेर शब्द बनाएको भन्दै नेकपाका केहि नेताहरुले शब्द सच्याउन दवाव दिएका छन् । नेकपाका केहि प्रभावशाली नेताहरुले सरकार र सम्मानित राष्ट्रपतिलाई नै मुछेको भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको बताइएको छ । तथापि, शर्माले यो विषयमा खासै बोलेका छैनन् । 

‘राजनीतिलाई त्यती गहिराई बाट बुझ्दिन । तर, शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगति लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो ।’ सामाजिक सञ्जालमा शर्माले लेखेका छन् । 

‘मैले कुनै राजनैतिक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था सँग मेरो कुनै किसिमको पुर्वाग्रह पनि छैन ।’ शर्माले भनेका छन् । 

 

शर्माले गीतमा समावेश केही शब्दहरुमा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखियो ति शब्दहरु लाई परिमार्जन गर्ने बताएका छन् । 

उनले कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा माफी मागेका छन् । ‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु ।’ 

उनले आफु यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरीहरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार भएको समेत भनेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *