लेनदेनको उजुरी मिलाई दिन भन्दै २५ हजार घूस लिने अधिकृत अख्तियारको फन्दामा

फागुन २, काठमाडौं । लेनदेन सम्बन्धि उजुरी मिलाइदिने भन्दै घूस लिने प्रकासकीय अधिकृत अख्तियारको फन्दामा परेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठले लेनदेन सम्बन्धि उजुरी मिलाई दिनेभन्दै सेवाग्राहीबाट २५ हजार घूस लिइरहेको अवस्थामा अख्तियारले रंगेहात पक्राउ गरेको हो । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहिबार भक्तपुर दरबार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा जनाएको छ । 

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भन्दै विभिन्न बहानामा सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा टङ्गालबाट खटिई गएको टोलीले प्रशासकिय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई नगदसहित नियन्त्रणमा लिएको हो । आयोगले उनीबारे थप अनुसन्धान कार्य भइरहेको आयोगले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *