यस्तो छ अनुपको ‘पुरानो बुलेट’ को ट्रेलर

  

फागुन ६, काठमाडौं । अनुपबिक्रम शाही पछिल्लो फिल्म ‘पुरानो बुलेट’ मा बुलेट राजा बनेका छन् । फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । चैत १ देखि प्रदर्शनमा आउन लागेको ‘पुरानो बुलेट’ लाई पत्रकारिताबाट फिल्म निर्देशनमा लागेका युवा भीषण राईले निर्देशन गरेका हुन् । 

 

null

यस अघि जोनी जेन्टलमेन, पुरानो डुङ्गामा लगायतमा गरेको कामको अनुभवलाई निर्देशक राईले ‘पुरानो बुलेट’ मा निखारेको बताएका छन् । प्रेम रोमान्स र एक्सन जनरामा बनेको ‘पुरानो बुलेट’ बाट नायक अनुपबिक्रम शाही समेत आशावादी छन् । यस अघिका जयशम्भु, हसिया, विरविक्रम, किङ्ग, विरांङ्गना जस्ता चलचित्र आएपनि दर्शकको नोटिसमा पर्न सकेका थिएनन् । 

फिल्ममा अनुपबिक्रम शाहीसँगै वर्षा शिवाकोटी र माला लिम्बूको मुख्य भूमिका रहेको छ । फिल्ममा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बू, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोककुमार राई, टीकाराम राई लगायतको अभिनय रहेको छ । 

फिल्मलाई अशोककुमार राई, दीपेन्द्र लिम्बू, विरेन साम्बा र टिकाराम राईले संयुक्त रूपमा निर्माण गरेका हुन् । हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बू र जयन जे. वाइबाको संगीत रहेको फिल्ममा कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन । 

निर्देशक राईले फिल्ममा पूर्वेली लवजलाई प्रस्तुत गरेका छन् । उनले फिल्ममा पैसालाई मकैको दानासँग तुलना गरेका छन् । 

ट्रेलर हेर्नुहाेस् 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *