इप्रका धरानमा सुविधायुक्त थुनुवा भवन बन्दै

माघ २१, धरान । इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको पहिलो तला ढलान गरिएको छ । २ करोड ७८ लाखको कुल लागतमा निर्माण भईरहेको इप्रका धरानको भवनमा सोमबार भवनको पहिलो तल्लाको छत ढलान गरिएको हो । यो भवन बनेसँगै इप्रका धरानलाई थुनुवा राख्न सहज हुने भएको छ । 

गत साउन १४ गते शिलान्यास भएको भवनको पहिलो तल्लाको ढलान गरिएको इप्रकाका भवन निर्माण समिति संयोजक मीनकुमार सुब्बाले बताए । इलाका प्रहरी कार्यालय धरानको हाताभित्र ४ हजार वर्गफिटमा ८ कोठाको दुई तल्ले भवनको सुविधा सम्पन्न हिरासत भवन बन्दै गरेको छ । 

 

null

धराने दाताहरूको सहयोगमा सुविधा सम्पन्न दुईतले भवन २ वर्षभित्र पूरा गरिसक्नुपर्ने लिखित सम्झौता भएको संयोजक मीनकुमार सुब्बाले बताए । 

भवनमा महिला, पुरुष र तेस्रोलिङ्गीको छुट्टाछुट्टै हिरासत कक्ष हुने बताइएको छ । हिरासत भवन निर्माणका लागि धराने जनसहभागिता समेत रहेका सुब्बाले जानकारी दिए । 

 

अन्तर्राष्ट्रिय स्तरमा कुनैपनि व्यक्तिलाई हिरासतमा राख्दा मानव अधिकारको प्रत्याभूति, व्यक्तिगत सुरक्षाको प्रत्याभूति, मानवोचित जीवन यापन, खाना, बसोबास र उपचारको व्यवस्था रहने भएपनि नेपालमा हालसम्म यस प्रकारको हिरासत भवन बन्न सकेको छैन । 

थुनुवा घरको अभावकै कारण अहिले धरानका वडा तथा इलाका प्रहरी कार्यालयमा समस्या छ । २०५८ सालमा ४० जना थुनुवा राख्ने गरी बनाइएको हिरासत भवनमा हाल ९३ जना सम्म थुनुवा राख्नुपर्ने बाध्यता छ । भवन निर्माणको जिम्मा मनकामना आर एम सी प्रा.लि.ले पाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *