खराब मौसमका कारण बुढासुब्बा रेडवुल गोल्डकप भोली सर्यो

माघ २६, धरान । धरानमा आजबारी सुरु हुने २१ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडवुल गोल्ड कप फुटवल प्रतियोगिता खराब मौसमका कारण स्थगित भएको छ । 

आयोजक धरान फुटवल क्लबले प्रतिकूल मौसमका कारण आजको उद्घाटन खेल भोली सारिएको जनाएको छ । धरान फुटवल क्लबका अध्यक्ष किशोर राईले सबै तयारी पुरा भएपनि वर्षाका कारण आजको उद्घाटन कार्यक्रम र खेल भोली सारिएको बताए । 

 

null

‘आज उद्घाटन गर्ने तयारी थियो, हिजो देखि परेको भारी वर्षाले धरान रंगशालामा पानी जमेको कारण खेल सञ्चालन गर्न सकिने अवस्था भएन । अब आजको उद्घाटन भोली हुन्छ ।’ उनले भने । 

प्रतियोगिताको उद्घाटन भोली राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्ने कार्यक्रम तय गरिएको छ । उद्घाटन खेल संकटा क्लब काठमाडौं र मेची नेत्रालय केएफटिसि, झापाबीच हुने तालिका छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *