‘विप्लव’सहित शीर्ष नेतालाई खोज्न सुरक्षा अपरेसन सुरु

काठमाडौं । विष्फोट र विभिन्न गैरकानुनी गतिविधीमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित शीर्ष नेतालाई खोज्न गोप्य सुरक्षा अपरेसन सुरु भएको छ। 

मुलुकको विद्यमान कानुनलाई चुनौती दिने क्रियाकलापमा नेकपा सहभागी भएको पाइएपछि सरकारको निर्देशनमा मुलुकका चारवटै सुरक्षा निकायले निगरानी बढाएका हुन्।  

सुरक्षा स्रोतका अनुसार सरकारले विप्लव नेतृत्वको पार्टीमाथि निगरानी बढाउन विशेष निर्देशन दिएको छ। सरकारकै निर्देशनअनुसार नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको एक कार्यदलले नेकपाविरुद्ध कठोर रणनीतिको गृहकार्य गरिरहेको  छ। 

null

गृह मन्त्रालयले मातहतका निकायलाई विप्लवसँगै शीर्ष नेताहरुको खोजी गर्न र देख्नेबित्तिकै पक्राउ गर्न निर्देशन दिएको छ।  

ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा विष्फोट हुँदा एक जनाको मृत्यु र दुईजना घाइते भएपछि सरकार विप्लवविरुद्ध आक्रामक बन्न लागेको हो। चारवटै सुरक्षा निकाय ‘हाइ अलर्टमा’ राखिएको एक सुरक्षा अधिकारीले बताए। 

प्रहरीले भने विप्लवलाई यसअघि नै खोजी सूचीमा राखेको थियो। उदयपुरमा विप्लवविरुद्ध निर्वाचनको बेला वम विष्फोट गराएको मुद्दा छ।  

चारवटै सुरक्षा निकायका अधिकारीले समेत विप्लवविरुद्ध कडा रुपमा प्रस्तुत नभए चुनौती थपिँदै जाने निष्कर्ष प्रधानमन्त्री, गृहमन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सुनाइसकेका छन्। यसअघि विप्लव नेतृत्वको नेकपाका गतिविधिविरुद्ध नरम रुपमा देखिएका दाहाल र गृहमन्त्री रामबहादुर थापासमेत बम विष्फोटपछि रुष्ट रहेको बताइएको छ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *