सरकार गरिबी र बेरोजगारी विरुद्ध केन्द्रित छः प्रधानमन्त्री ओली

 

फागुन ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने गरिबी, बेरोजगारी, पछ्यौटेप, विभेद र अविकासका विरुद्ध सरकार केन्द्रित भएको बताएका छन् । 

मंगलबार ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासतर्फ तीव्र गतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

null

परिस्थिति, कामका प्राथमिकता तथा जिम्मेवारी बदलिएको भन्दै उनले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्ने दाबी गरे । 

‘देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा अहिले पनि हाम्रो लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्वित भएका छन्। जारी लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय छन्, प्रम ओलीले भने, ‘यस्ता कतिपय गतिविधिहरु आपराधिक समेत छन्, जुन सैह्य हुँदैनन्।’ 

त्यस्तै उनले राजनीतिक रङमा रङ्गिएका भएपनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य नहुने बताए । यस्ता गतिविधि गर्नेहरुविरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुने र सख्त कानुनी कारबाही गर्ने स्पष्ट पारे । प्रम ओलीले मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन भने । 

सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको भन्दै स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गर्न लागिएको प्रधानमन्त्रीले जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *