‘बिराट जुत्ता चप्पल व्यापार मेला–२०७५’ मा ग्राहकको उल्लेख्य भिड

माघ २२, बिराटनगर ।  ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ बिराटनगरमा गत माघ ९ गते देखी सुरुभएको बिराट जुत्ता चप्पल मेला–२०७५ मा ग्राहकको उल्लेख्य दिनानुदिन भिड बढ्दै गएको छ । 

बिराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडिको खाली स्थानमा जारी १ महिने मेलामा जुत्ता चप्पल किन्ने ग्राहकको ओइरो लागेको हो । 

 

null

बजारका तुलनामा मेलाका अवसरमा तुलनात्मकरुपमा जुत्ता चप्पल सस्तो पाईएपछी दिनानुदिन ग्राहकको संख्या बढ्दै गएको हो । मेलामा दैनिकरुपमा बिराटनगर लगायत आसपासका गाउँ तथा नगरपालिकाहरुबाट ग्राहकहरुका स्वदेशी जुत्ता चप्पल किन्नका लागि भिड लाग्ने गरेको हो । 

माघ ९ गते दिउँसोबाट सुरु भएको मेलामा हाल सम्म ६५ हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा अवलोकनका लागि आएका ग्राहकहरुले मेलामा बजारमा भन्दा निकै सस्तो मुल्यमा जुत्ता चप्पल पाईएको बताएका छन् । बिराटनगरमा राजिब चौधरीले मेलामा बिषेश छुट सहित सस्तो मुल्यमा जुत्ता चप्पल पाएको बताए । त्यस्तै बिराटनगर २ की पुनम श्रेष्ठले तिम्सीनाले पनि मेलामा जुत्ता चप्पल सोचे भन्दा सस्तो रहेको बताइन् । 

 

उनले बजारका पसलहरुमा बेच्न राखिएका जुत्ता चप्पल भन्दा मेलामा अपत्यारिलो सस्तो लागेको बताए । मेलामा स्टल राखेका बिभिन्न कम्पनीहरुले मेलामा ग्राहकको सहभागिता राम्रो रहेको बताएका छन् । बि एफ डियर हिल सुजका व्यवस्थापक गोबिन्दप्रसाद घिमिरेले मेलामा ग्राहकको उपस्थिती र बिक्री सोचे अनुरुप भएको बताए । उनले मेलामा ग्राहक स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ र छुटको अवसर लिनुपर्छ भन्ने मनासायका साथ आउँने गरेको बताए । मेला संयोजक होमनाथ उपाध्यायले मेलामा ग्राहक उपभोक्ता आउने क्रम दिनदिनै बढि रहेको बताए । 

 

उनले हाल सम्म ६५ हजार बढीले मेला अबलोकन गरेको जानकारी दिए । उनले मेलामा हाल सम्म ६५ लाख रुपैँया बढीको कारोबार भएको बताए । निःशुल्करूपमा प्रवेश रहेको मेलामा जुत्ता–चप्पल खरिद गर्ने ग्राहकलाई १५ देखि ६० प्रतिशतसम्म छुट दिईएको र प्रत्येक २ घण्टामा मोवाइल उपहार पर्ने बताए । 

 

उनले उपहारमा एलइडी टिभि समेत थप गरिएको बताए । उनले मेलामा बिएफ डियर हिल, रन सुज्, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको जानकारी दिए । 

मेला करीब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको आयोजकले जनाएको छ । मेलामा स्वदेशी ८ वटा उद्योगका स्टलहरु राखिएको छ । मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक समारोहका बिच उद्घाटन गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *