‘प्रधानमन्त्रीज्यू, यो तरिकाले मुलुकमा सुशासन हुन्छ ?’

 

फागुन १०, काठमाडौँ । काँग्रेस सांसद डिला संग्रौला पन्तले भ्रष्टाचारप्रति सरकारको बोलाइ र गराइको तालमेला नमिलेको बताएकी छिन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जताततै भ्रष्टाचारको जालो लागिसक्दा सरकार भने सुशासनको रटानमै मात्र सिमित रहेको आरोप लगाइन् । ‘प्रधानमन्त्रीज्यू भ्रष्टाचार शून्य सहनशिलतामा भन्नुहुन्छ । ठिक विपरित वाइडबडि विमान खरिदमा आफैँ न्यायिक छानविन आयोग गठन गर्ने तर पदाधिकारीलाई पत्र नदिने । यसरी सुशासन र भ्रष्टाचार न्यूनिकरण हुन्छ ?’ भन्दै उनले प्रश्न गरिन् । 

null

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई सरकारले कारवाही नगरेकोमा आपत्ति जनाउँदै सांसद संग्रौलाले भनिन्, ‘अख्तियार आयुक्त पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिनाअघि प्रधानमन्त्री कार्यालयमा पुगेको थियो । पदाधिकारीले पनि हेरे, प्रधानमन्त्रीज्यूले पनि हेर्नुभयो । तर गुपचुप किन राखियो । किन कारबाही भएन ? यो तरिकाले मुलुकमा सुशासन हुन्छ ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *