बर्सिलोना र रियल मड्रिड बराबर

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेलेको छन् । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको पहिलो लेगको खेलमा बार्सिलोना र रियल मड्रिडले १–१ गोलको बराबरी खेलेका हुन् । 

लुकास भाजक्वेजले छैटौ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । करिम बेन्जिमाको पास सदुपयोग गर्दै उनले गोल गरेका थिए । 

मुख्य स्ट्राईकर मेस्सी बिना खेलकाे सुरुवात गरेकाे बार्सिलोनाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । माल्कोमले ५७ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । 

null

ब्राजिलियन स्टारको गोलसंगै फेब्रुअरी २७ मा हुने दोस्रो लेगमा बार्सिलोनाले आफुलाई बलियो देखाएको छ । 

बार्सिलोना लगातार पाँचौ पटक प्रतियोगिता जित्ने अभियानमा रहेको छ । तर मुख्य खेलाडी मेस्सी चोटका कारण दोस्रो हाफको ६३ औ मिनेटमा मात्र मैदान छिरेका थिए । तर क्लबलाई जित दिलाउन उनी असफल रहे । 

दुवै क्लबको एल क्लासिको फेब्रअरीमा हुदैछ । पछिल्लो पटक अक्टोबरमा दुवै टोली भिडेका थिए । जुन खेलमा बार्साले रियल मड्रिडलाई ५–१ ले हराएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *