बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच दुई बुँदे सहमति

माघ २१, बनियानी। झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच आज दुई बुँदे सहमति भएको छ । 

अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो । अस्पतालमा उपचारका क्रममा लापर्वाही भएकाले बालकको मृत्यु भएको भन्दै आइतबार राति बालकका आफन्तले तोडफोड गरेका थिए । 

बालकको मृत्युपछि अस्पतालमा तनाव सिर्जना भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको सर्वपक्षीय छलफलपछि पीडित परिवार र अस्पताल प्रशासनबीच दुई बुँदे सहमति भएको प्रहरी नायब निरीक्षक सुवास खड्काले जानकारी दिए । 

null

घटनामा अस्पतालको लापर्वाही भए/नभएको छानबिन गर्न मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण गरिने भएको छ । उक्त समितिले १० दिनभित्रमा घटनाको प्रतिवेदन सार्वजनिक गर्ने र त्यसपछि पीडित परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा छलफल गरिने सहमति भएको प्रनाउ खड्काले बताए । 

आइतबार साँझ ७ बजे जेनिसलाई पखाला लागेर उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आकस्मिक कक्षमा नर्सले सुई दिएको केही समयपछि उनको मृत्यु भएको बालकका हजुरबुबा श्रीलाल राजवंशीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *