निर्मलाका हत्यारा पत्ता लगाउन असफल भयौँः गृहमन्त्री थापा

 

फागुन ८, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले जनयुद्धमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । 

बुधबार राष्ट्रिय सभामा बुधवार राष्ट्रिय सभामा गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मारिएका सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरिएको स्मरण गराउँदै जनयुद्धमा मारिएकाहरुलाई पनि शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् । 

null

‘जनयुद्ध जनआन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने प्रक्रिया सुरु भएको छ। छिट्टै घोषणा पनि हुनेछ’, गृहमन्त्री थापाले भने । देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सरकार सफल भएको उनको दाबी थियो । 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार असफल भएको स्वीकारे । ‘घटनाको अनुसन्धान भइरहेपनि अहिले सम्म अपराधी पत्ता लगाउन सकेका छैनौँ । तर हामीले यसको अनुसन्धान जारी राखेका छौँ, प्रयास गरिरहेका छाैँ’, उनले भने । 

सुन तस्करीलाई कानूनको कठघरामा ल्याइएर तस्करीको सञ्जाल नै ध्वस्त पार्न सरकार सफल भएको उनको दाबी थियो । यसैगरी, यातायातको सिन्डिकेटको अन्त्य गरिएको, सिंहदरबारको प्रवेश सन्दर्भमा आवश्यक नयाँ योजनाहरु तयार पारेको उनले संसदमा जानकारी गराए । 

त्यस्तै उनले पूर्वराजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको पनि बताए । मन्त्री थापाले घटनासँग सम्बन्धित कतिपय चिज विधि विज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *