अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी पाँच तालिबान लडाकू मारिए

फागुन ९, हेरात ।  अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा परी पाँच तालिबान लडाकू मारिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । अफगान राष्ट्रिय सैनिकले हेरात प्रान्तको जिर कोस जिल्लामा गरेको बिशेष कारबाही ती लडाकू मारिएका हुन् । 

प्रान्तीय सरकारद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा यस कारबाही परी कम्तीमा पाँच तालिबान लडाकू मारिनुको साथै दुई ओटा लागूपर्दाथ जाँच गर्ने प्रयोगशाला र एक बम बनाउने कारखानासमेत ध्वस्त भएको जनाइएको छ । 

यस कारबाहीको क्रममा घाइते भएका चारमा एक तालिबान कमाण्डर आम्रोद्दिन खानसमेत रहेको जारी विज्ञप्तिमा जानकारी दिइएको छ । यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *