राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै उचित निर्णय गर्न सरकारको ध्यानाकर्षण

सरकारले राष्ट्रिय गौरवका रूपमा राखेका २१ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले उचित निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

समितिको सोमबारको बैठकले राष्ट्रिय गौरवका आयोजना नै समस्यामा फसेको, वर्षौं वर्षसम्म पनि सम्पन्न हुने अवस्थामा नपुगेको भन्दै किन त्यस्तो भएको हो, जानकारी लिने निर्णय भएको सभापति दिलकुमारी रावलले जानकारी दिइन् ।  

समितिले राष्ट्रिय गौरवका आयोजनाको वास्तविक वस्तुस्थिति बुझ्ने, अवस्था, आवश्यकता, चुनौती र समस्या पत्ता लगाई समाधानका लागि सरकारलाई थप निर्देशनसमेत दिने भएको छ । 

null

राष्ट्रिय महत्वका आयोजना सम्पन्न हुन लामो समय लाग्दा आयोजनाको लागतसमेत बढेको विषयमा समितिका सदस्यले चिन्ता व्यक्त गरे । 

समितिको बैठकले पहिलो चरणमा समितिका सदस्यलाई आयोजनाको अनुगमन गर्न पठाउने निर्णय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =