वन्दना राणा राष्ट्रसंघीय कमिटीको उपाध्यक्षमा निर्वाचित

काठमाण्डौ – नेपाली महिला अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति(सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित भएकि छिन्।  

सोमबार भएको चुनावमा उहाँ दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित भएकि छिन्।  

संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो नेपाली पनि छिन्। राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा निर्वाचित भएकि थिन्। उनी समितिमा रहेर रणनैतिक निर्देशकका रुपमा पनि कार्यरत छिन्।  

null

सीईडीएडब्ल्यू सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =