मंगलबारसम्म कार्यप्रगतिको विवरण बुझाउन सचिवालयको निर्देशन

माघ २१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवायल बैठकले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

नेकपाले एकता प्रक्रियामा बाँकी रहेका साङ्गठनिक एकीकरणको कार्यभार गृहकार्य गरी सुझाव पेश गर्न गत पुस १२ गतेको स्थायी समितिले गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । 

null

प्रवक्ता श्रेष्ठले कार्यप्रगतिको विवरणसहित प्रतिवेदन बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवायलयले लिने र प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने बताए । गत जेठमा पार्टी एकता भएपछि अहिलेसम्म केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्र गठन भएको छ । 

जिल्ला कमिटी र जनवर्गीय सङ्गठनको साङ्गठनिक एकता अझै टुङ्गिएको छैन । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनीयरिङ, कानून व्यवसायी, निर्माण व्यवसायी मात्र एकीकरण भएको छ । 

कार्यदललाई पुस मसान्तभित्र कार्यप्रगति विवरण बुझाउने समयसीमा दिइएको थियो । तर अहिलेसम्म पनि प्रतिवेदन बुझाएको छैन । 

बैठकले नेपाली काङ्ग्रेसलाई राष्ट्रिय महत्वका मुद्दामा साझा सहमति गरेर अगाडि बढ्न समेत आग्रह गरेको उनले बताए । अहिले आन्दोलन गर्ने वा नगर्ने हरेक आ–आफ्नो पार्टीको अधिकार भएको भन्दै उनले अहिले साझा मुद्दामा अगाडि बढेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए । 

बैठकमा माधवकुमार नेपाल बाहेक सबै सचिवालय सदस्यको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =