जनप्रतिनिधिद्वारा चितवनको थानखोलाको अनुगमन 

फागुन  ७ चितवन । पूर्वी चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक एवम् अन्य सरोकारवालाहरु ले थानखोलाको अनुगमन गरेका छन् । 

आफूहरुले नदीजन्य तथा खानीजन्य (ढुंगा, गिटी, बालुवा) पदार्थको उत्खनन, संकलन, भण्डारण र बिक्रीका लागि अनुमति दिएको कही कतैबाट गुनासो नआएपनि आफूहरुले स्वःस्फूर्त रुपमा जिम्मेवारी बहन गरी अनुगमन गरेको मेयर श्रेष्ठले बताए । सामान्य गल्तीलाई सुधार गर्नका लागि भनी सबन्धित ठेकेदारलाई निर्देशनसमेत दिइसकिएको मेयर श्रेष्ठले बताए । 

 

null

कालिका नगरभित्र थानखोला, बुङखोला र कयर खोला छन्, जसमध्ये कयर खोलामा ठेक्का लागिसकेको छैन । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन, भण्डारण र बिक्री सम्बन्धी प्रक्रियाको अनुगमन गर्न गठित अनुगमन तथा समन्वय समितिको गत माघ ८ गते बसेको बैठकले निर्णयअनुसार सो समितिबाट स्वीकृत कार्यविधिमा उल्लेख भएबमोजिम नदीजन्य पदार्थ उत्खनन, संकलन तथा ढुवानीका क्रममा प्रयोग हुने उपकरण (मेसिन) हरु परिचालन नभएमा आर्थिक दण्ड जरिवानाको व्यवस्था गरेको छ । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कुष्णकुमार डल्लाकोटीले भने, ‘नियमविपरीत जानेलाई तत्काल कारवाही गरिने छ ।’ नदीको पानीभित्र मेसिनरी प्रयोग गरी बहाव क्षेत्रमा सामग्री संकलन गरेको अवस्थामा प्रकाउ परेमा, स्थानीय अनुगमन समिति र जिल्ला अनुगमन तथा समन्वय समितिमा अभिलेखीकरण नगराई मेसिनरी साधन प्रयोग गरेमा, तोकिएको भन्दा बढी गहिराइबाट उत्खनन गरेमा विभिन्न ११ वटा मापदण्ड तयार पारिएको प्रमुख डल्लाकोटीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *