एआइविटी कलेजको सन्दर्भमा कन्सल्टेन्सी ब्यवसायीको धारणाः जिटुजि पहल होस

फागुन १५, काठमाडौं । अष्ट्रेलियाको एआइविटी कलेजको दर्ता खारेजीसँगै उत्पन्न समस्यामा नेपालका शैक्षिक परामर्श दातृ संस्थाका संगठनले आफ्ना धारणा सार्वजनिक गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) फेकन, आइरन नायरले एआइविटी कलेज पुरै खारेज भइ नसकेको तथा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको सुरक्षितताका लागि आफुहरुले पहल गरिरहेको बताएका छन् ।  

पत्रकार सम्मेलनमा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले एआइविटी कलेजमा डिप्लोमा नर्सिङ र एडभान्स डिप्लोमा नर्सिङमा गएका विद्यार्थीलाई कुनैपनि समस्या आउन नदिन नेपाल सरकार, शिक्षा मन्त्रालय, अष्ट्रेलियन दुतावास, अन्तराष्ट्रिय विद्यार्थी संगठन तथा एआएविटी कलेजसँग समेत समन्वय गरेर आफुहरुले समस्या समाधानका लागि पहल गरिरहेको बताए ।  

 

null

‘एआइविटी कलेजमा देखिएको समस्या समाधानका लागि हामी ह्दयदेखि नै पहल गरिरहेका छौं, हाम्रा आधिकारिक प्रतिनिधि सम्बन्धित कलेज र त्यहाँका विद्यार्थीसँग सम्पर्कमा रहेका छन्, कलेजले पनि (ASQA) मा अपिल गरेको छ । भोली (ASQA) ले कलेज दर्ता गर्ने निर्णय गरे यो समस्या स्वतः समाधान हुन्छ ।’ उनले भने ।  

अध्यक्ष पाण्डेले अहिले कलेज नियमित रुपमा सञ्चालन रहेको, विद्यार्थीहरुको पठनपाठन नरोकिएको जानकारी दिँदै कलेज बन्द भइनसकेको अवस्थामा विद्यार्थीले अन्तिम दिनसम्म कलेज जानुपर्ने समेत बताए । 

कलेजले (ASQA) मा मार्च २६ सम्म अपिल गर्न पाउने प्रावधान अन्तर्गत पुनः दर्ता गर्न अपिल गरिसकेको अवस्थामा अहिले नै कलेज बन्द भएको, कन्सल्टेन्सीले विद्यार्थीलाई गलत सुचना दिएर पठाएको भनेर यो क्षेत्रलाई नै धरासायी बनाउने काम भइरहेको भन्दै त्यसलाई रोक्न आग्रह गरे । पाण्डेले नेपाल सरकारले समेत यस विषयमा जिटुजि पहल गर्न आवश्यक भएकोले आफुहरुले शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको जनाए । 

‘दर्ता नै नभएको कलेजमा पढेर के हुन्छ भनेर नेपालमा जुन समाचार आइरहेको छ, त्यो गलत हो, एआइविटी दर्ता भएरै चलेको कलेज हो, नर्सिङ विषयमा पढ्ने विद्यार्थीका सन्दर्भमा मात्र यो समस्या आएको हो ।’ उनले भने ।  

पाण्डेका अनुसार अहिलेको समस्या ANNMAC ले Enrolled Nurse Accreditation Standerd 2017 बनाएर लागु गर्ने निर्णय गरेपछि आएको हो । ‘जुलाई १, २०१८ भन्दा अगाडी डिप्लोमा अफ नर्सिङ Accredited Course पढ्नलाई आइएलटिएसका प्रत्येक ब्याण्डमा ७ अंक ल्याउनुपर्ने प्रावधान ल्याएपछि यो समस्या आएको हो ।’ उनले भने । पाण्डेले भोली कलेज दर्ता खारेजै भएको अवस्थामा त्यसबाट समस्यामा पर्ने विद्यार्थीलाई सेटल गराउने सन्दर्भमा अब जिटुजी पहल हुनुपर्ने जिकिर गरे ।  

 

पत्रकार सम्मेलनमा बोल्दै फेकनका अध्यक्ष युवराज कटुवालले एआइविटी कलेज खारेजीबाट कति विद्यार्थी समस्यामा परे भन्ने अहिले यकिन तथ्यांक नआइसकेको बताउँदै आफुहरु नियमित रुपमा कलेजका सञ्चालकसँग सम्पर्क गरेको र चाडौं सो तथ्यांक आउने बताए । 

उनले शिक्षा मन्त्रालयबाट एनओसी लिएका सबै विद्यार्थी अष्ट्रेलिया गएका नै भन्न नसकिने भएको तथा एआइविटी मै गएका कतिपय विद्यार्थीले कलेज स्थानान्तरण गरेकोले ठ्याक्कै तथ्यांक आउन नसकेको जिकिर गरे ।  

आइरिनका अध्यक्ष कुमार कार्कीले २०१८ जुलाई अगाडी गएका विद्यार्थीको हकमा यो समस्या देखिएको बताउँदै मार्च २६ सम्ममा कलेज दर्ता नभएको अवस्थामा त्यसबाट प्रभावित विद्यार्थीलाई सहयोग गर्न आफुहरु सक्रिय भएर लागेको बताए । उनले एआईविटी प्रकरणमा सबै दोष कन्सल्टेन्सी व्यवसायीलाई मात्र लगाउन नहुने भन्दै मुख्य जिम्मेबार एआईविटी कलेज र अष्ट्रेलियन सरकार भएको जिकिर गरे ।  

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले एआईविटी कलेजको विषय बाहिर हल्ला गरेजस्तो ठूलो समस्या नभएको बताए । उनले अष्ट्रेलियन सरकारकै निर्णय अनुसार कलेज खारेज भएको भन्दै उक्त समस्या समाधान पनि अष्ट्रेलियन सरकारले नै गर्ने विस्वास ब्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा राजधानीका अधिकांश कन्सल्टेन्सी ब्यवसायीको समेत उपस्थिति रहेको थियो । 

तस्विरः मकालु खबर 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *