अबैध रूपमा सञ्चालित दुई क्रसर उद्योग बन्द

माघ २१, चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको दुई क्रसर उद्योगलाई जिल्ला प्रहरी कार्यालयले बन्द गराएको छ । भरतपुर महानगरपालिकाको पत्र अनुसार ती क्रसर उद्योगलाई बन्द गराइएको चितवन प्रहरीले बताएको छ ।  

महानगरले गत पुसमा जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै इजाजतपत्र बेगर भरतपुरको भतेरी जंगल नजिकै जुगेडी बजारमा लामो समयदेखि अवैद्य रूपमा सञ्चालित मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालि र त्रिशूली किनारको भोर्लेमा सञ्चालित महानगर बालुवा उद्योगलाई बन्द गर्न निर्देशन दिएको थियो । 

चितवन जिल्ला प्रहरी प्रमुख सुशीलसिंह राठौंरले भरतपुर महानगरपालिकाको परिपत्रअनुसार ती क्रसर उद्योगलाइ बन्द गराइएको जानकारी दिए । परिपत्रमा ती उद्योगहरुले अत्यधिक मात्रामा प्राकृतिक स्रोतसाधनको दोहन र राजस्वको अपचलन गरेको आरोप लगाइएको थियो । 

null

गत पुस २० गते महानगरकी प्रमुख मेयर रेनु दाहालको संयोजकत्वमा बसेको अनुगमन समितिको बैठकले सो निर्णय गरेको परिपत्रमा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *