बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

फागुन ६, बिराटनगर। सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा सोमवार यात्रु बाहक बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यू भएको छ । 

 

कोशी राजमार्ग अन्तर्गत सोमबार बिहान साढे ९ बजे बिराटनगरबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ७४२७ नम्बरको बसले पैदल यात्री सप्तरी भारदह मधुवापुर–५ घर भई दुहवीमा डेरा गरी बस्ने २७ वर्षिया रेखा झालाई ठक्कर दिएको थियो । 

null

बसको ठक्करबाट झाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनामा संलग्न बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *