एनआई सी एशिया डिबेन्चर २०८५/८६ निष्काशन

माघ ४, काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडले ‘एनआई सी एशिया डिबेन्चर २०८५/८६’ बिक्रीका लागि सार्वजानिक आह्वान गरेको छ । 

१० प्रतिशत वार्षिक ब्याजदर रहेको एक हजार प्रतिकित्ताको दरले ४० लाख कित्ता रहेको ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुनेछ । 

जम्मा ऋणपत्रको निष्कासन रकम ४ अर्बको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड व्यक्तिगत तवर मार्फत निष्काशन गरिएको छ भने ४ अर्बको ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गरिनेछ । 

null

बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको लागि माघ १३ देखि माघ १६ तथा ढिलोमा फागुन १३ सम्म बिझीका लागि खुल्ला गरिने छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको Debt Market को विकासको लागि एक महत्वपूर्ण कडि हुने बैंकको विश्वास छ । 

हाल नेपालमा दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन लगानीको लागि विरलै प्राप्त हुने उत्कृष्ट अवसरबाट अत्यधिक फाइदा उठाउन पनि बैंकले आग्रह गरेको छ । 

बैंकले हाल २७३ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७५ अर्ब पुगेको छ । बैंकको कुल कर्जा करिब १४९ अर्ब छ । 

हाल यस बैंकमाग्राहकको संख्या करिब १४ लाख रहेको बैंकका सूचना अधिकृत अर्जुन राज खनियाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *