प्रधानसेनापति पूर्णचन्द्र थापा भोलि भारत जाँदै


पुस २६, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा भोलिदेखि भारत भ्रमणमा जाँदैछन् । प्रधान सेनापति पदमा नियुक्त भएपछि उनको यो पहिलो भ्रमण हो ।
आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा भोलिदेखि छ दिने भारत भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
null
भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्हबाट पुस २८ गते सम्मान गर्ने कार्यक्रम छ ।
दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन् ।
साथै उनले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन् ।
